काठमाडौँ– मानिसलाई ईँटा भट्टामा हालेर पोलेको अभियोगमा थुनामा रहेका कांग्रेस नेतासमेत रहेका मोहम्मद अफ्ताब आलमविरुद्धको मुद्दा शुक्रबार पेशीमा चढे पनि सुनुवाइ नभइ स्थगित भएको छ । सर्वोच्च अदालतको पेशी नम्बर ८ मा शुक्रबार आलमविरुद्धको मुद्दाको पेशी चढेको थियो । तर, आलमको तर्फबाट बहस गर्ने कानुन व्यवसायी पुष्प पौडेल बिरामी परेपछि पेशी स्थगित भएको हो । […]