काठमाडौं : सरकारले काठमाडौं उपत्यकामा निर्माण गर्ने भनेको स्याटलाइट सिटीहरुका विषयमा प्रगति नभएको भन्दै संसदले सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले स्याटलाइट सिटीको कामलाई अगाडि बढाउन सरकारलाई निर्देशनसमेत दिएको छ।
‘काठमाडौं उपत्यकाको आसपास विकास गर्ने भनिएका स्याटलाइट सिटीहरुको निर्माणले गति लिन सकेको देखिँदैन। ल्याण्डपुलिङ कार्यमा समेत