नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८३ ‘ज’ जारी गर्ने भएको छ । ४ वर्षे अवधिको विकास ऋणपत्र आगामी बुधबार जारी गर्ने गरी बैंकले मंगलबार बोल कबोल गर्ने भएको हो । सूचना अनुसार पुस ५ गते २ बजे विकास ऋणपत्रको खरिद बोल कबोल हुनेछ । इच्छुक खरिदकर्ताले २ बजेभित्र अनलाइन दरखास्त दिन सक्नेछन् । सार्वजनिक बोलकबोलमार्फत बिक्री गरिने ऋणपत्रको ८५ प्रतिशत अर्थात् ४ अर्ब २५ करोड रुपैयाँ प्रतिस्पर्धात्मक रुपमा बाँडफाँड गरिनेछ भने १५ प्रतिशत अर्थात् ७५ करोड रुपैयाँ विना