काठमाडौं । संसद् विघटनका सन्दर्भमा जारी नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आजबाट फेरि सुरु हुँदैछ । पुस ७ गते बोलाइएको बैठक ४ दिन बसेर स्थगित भएको थियो । बैठकले आज आइतबारदेखि निरन्तरता पाउने भएको छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको छ। बैठकले प्रतिनिधिसभा विघटनको सन्दर्भमा पार्टीको धारणा तय गर्नेछ । बैठकमा हालसम्म १५ केन्द्रीय सदस्यले धारणा राखिसकेका छन्। नेताहरुले बोल्ने क्रम आज पनि जारी रहनेछ । काँग्रेसमा संसद विघटनविरुद्ध थप संघर्षका कार्यक्रम तय वा सर्वोच्च अ