काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा आज पनि बिहानैदेखि घाम चर्किएको छ ।
पश्चिमी वायु कमजोर बनेसँगै घाम चर्किन थालेको मौसमविद् संजिव अधिकारीले बताउनुभयो । पानी पर्न रोकिएर घाम चर्किन थालेसँगै गर्मी बढ्न थालेको छ ।
अघिल्लो हप्ता लगातार मौसम बदली भइ पानी पर्दा अधिकतम तापक्रम झण्डै १० डिग्री सेल्सियससम्मले घटेको थियो । तर, हिजो अस्तिदेखि फेरि तापक्रम बढ्न थालेको छ ।
तराईका धेरैजसो जिल्लामा अधिकतम तापक्रम ३५ डिग्री सेल्सियस भन्दा धेरै छ।
काठमाण्डौमा हिजो अधिकतम तापक्रम ३० डिग्री सेल्सियस पुगेको ...