खानेपानी लैजान श्रमदान गर्दै गाउँले

मोरङ जिल्लाका केही गाउँमा बिजुली, खानेपानी र सडक अझै पुगेको छैन् भन्दा पत्याउन गाह्रो हुन्छ तर उत्तरी मोरङको मिक्लाजुङ–१ को खोला गाउँमा अझैसम्म खानेपानीको अभाव छ। गाउँको नाम खोलागाउँ। तल तेलीखोलामा बाह्रैमास कञ्चन पानी बगिरहन्छ तर माथि खोलागाउँका झन्डै सय घरपरिवारलाई खानेपानीको चरम सङ्कट छ। यही खोलागाउँका बासिन्दा यति बेला तेलीखोलाको पानी गाउँ लैजान जनश्रमदान गरिरहेका छन्।

सम्बन्धित सामग्री

गाउँमा खानेपानी लैजान श्रमदान गर्दै गाउँले

गाउँमा खानेपानीको समस्या विकराल बन्दै गएपछि उदयपुरको चौदण्डीगढी नगरपालिका–२ गंगटे र भित्तेका सर्वसाधारण यतिबेला गाउँमा खानेपानीको व्यवस्था गर्न श्रमदानमा जुटेका छन् । गाउँमा सञ्चालित खानेपानी आयोजनाको मुहान ४ वर्षअघि स्थानीय लामा खोलामा आएको बाढीले भत्काइदिएपछि समस्या भोग्दै आएका करिब २ सय गाउँले श्रमदानमा जुटेका हुन् । वडा कार्यालयले ट्यांकी निर्माणका लागि ३ लाख र पाइप खरिदका लागि ५ लाख रुपैयाँ उपलब्ध गराएपछि बाँकी काम गाउँले आफंैको सक्रियतामा सम्पन्न हुन लागेको हो ।