गाउँमा खानेपानीको समस्या विकराल बन्दै गएपछि उदयपुरको चौदण्डीगढी नगरपालिका–२ गंगटे र भित्तेका सर्वसाधारण यतिबेला गाउँमा खानेपानीको व्यवस्था गर्न श्रमदानमा जुटेका छन् । गाउँमा सञ्चालित खानेपानी आयोजनाको मुहान ४ वर्षअघि स्थानीय लामा खोलामा आएको बाढीले भत्काइदिएपछि समस्या भोग्दै आएका करिब २ सय गाउँले श्रमदानमा जुटेका हुन् ।
वडा कार्यालयले ट्यांकी निर्माणका लागि ३ लाख र पाइप खरिदका लागि ५ लाख रुपैयाँ उपलब्ध गराएपछि बाँकी काम गाउँले आफंैको सक्रियतामा सम्पन्न हुन लागेको हो ।