लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी जुलाई ३१ मा हुने निर्वाचनको लागि निर्वाचन तालिका र उम्मेदवारी शुल्क सार्वजनिक गरिएको छ । राष्ट्रिय समन्वय परिषद्को अध्यक्षका उम्मेदवारको लागि १५ सय पाउण्ड अर्थात दुई लाख ५० हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको छ ।संघको वेबसाइटमा शनिबार प्रकाशित गरिए अनुसार जुलाई ११ तारिख आइतबार साँझ ५ बजेभित्र पहिलो मतदाता नामावली प्रकाशन तथा १२ जुलाई सोमबार साँझ ५ बजेभित्र मतदाता नामावलीमाथि दाबी विरोधको समय तोकिएको छ ।यसैगरी, १४ जुलाई साँझ ५ बज