प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन पॉच दलबीच बनेको उच्चस्तरीय राजनीतिक समन्वय समिति आगामी राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागिमात्रै बनेको बताएका छन् । पार्टीका आफूनिकट पदाधिकारी र मन्त्रीहरुसँग बिहीबार बालुवाटारमा बोलाइएको बैठकमा देउवाले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गर्नेबाहेक विषयमा यसले हात नहाल्ने जनाएका हुन् ।