गण्डकी प्रदेश सरकारको बेरुजु रकम गत वर्षभन्दा बढेको छ । चालु आर्थिक वर्षमा प्रदेशको बेरुजु १ अर्ब ७८ करोड ९८ लाख रुपैयाँ रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । अघिल्ला वर्षको बाँकी बेरुजु १ अर्ब ५३ करोड ९७ लाखमध्ये २६ करोड ५३ लाख सम्परीक्षण भई १ अर्ब २७ करोड ४४ लाख गरी कुल बेरुजु रकम १ अर्ब ७८ करोड ९८ लाख पुगेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।