सूर्यज्योति लाइफ इन्स्योरेन्सको अध्यक्षमा भट्टराई नियूक्त

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त भएका छन् । पुस ७ गते बिहान बसेको ३३३ औंं बैठकबाट भट्टराई अध्यक्ष पदमा चयन भएका हुन् । उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष पद तथा गोपनियताको सपथ समेत लिइसकेका छन् ।  यस्तै कम्पनीको संचालक समितिको सल्लाहकारमा आकाश गोल्छा नियुक्त भएको कम्पनीले जनाएको छ ।

सम्बन्धित सामग्री

सूर्यज्योति लाइफ इन्स्योरेन्सले ६ महिनामै कमायो खुद नाफा २३ करोड ६६ लाख

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा र खुद बीमाशुल्क दुवै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढाउन सफल बनेको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा एक्चुरियलसम्बन्धी अन्तरक्रिया सम्पन्न

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमा कम्पनीहरुको एक्चुरियल कार्यसम्बन्धी एकदिने ‘एक्चुअरिज फर टुमरो’ शीर्षकमा अन्तरकृया कार्यक्रम आयोजना गरेको छ। पुल्चोकस्थित एलिस रेस्टुरेन्टमा भएको कार्यक्रममा नेपाल बीमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपालका...

सूर्यज्योति लाइफद्वारा बीमा दाबी रकम भुक्तानी

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सर्लाहीका स्वर्गीय शेषपति शाहको परिवारलाई बीमा दाबी भुक्तानी गरेको छ ।

‘बीमितलाई कम प्रिमियममा उच्च प्रतिफल दिएका छौं’

काठमाडौं । नेपालमा पहिलो मर्जर गर्न सफल जीवन बीमा कम्पनी हो– सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी । सूर्यलाइफ र ज्योति लाइफ मर्जर भएर सूर्यज्योति लाइफ इन्स्योरेन्स बनेको हो । ७ पुसदेखि एकीकृत कारोबार सुरु गरेको यो कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशबिक्रम खत्री छन् । जीवन बीमक संघको महासचिव समेत रहेका उनी अर्थतन्त्रमा मन्दी आउँदा जीवन […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ। यही माघ ११ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट सेयर कारोबार सुचारु भएको हो।...