प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रको शपथ ग्रहण सम्पन्न भएको छ । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार मिश्रको शपथग्रहण सम्पन्न भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको कारा १६७ बमोजिम मिश्रलाई पद तथा गोपनीयताको शपथ दिलाएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनालगायतको उपस्थिति रहेको थियो । सोमबार बसेको मन्