आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गर्न अख्तियारी दिएको तथा बजेट निर्माणका क्रममा भएका गतिविधिहरूको निगरानी हुने सिसिटिभी फुटेज लुकाएको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिए । तर, उक्त प्रकरणमा अनुसन्धान गर्न गठित संसदीय छानबिन समितिले यथार्थपरक अनुसन्धान गर्छ कि गर्दैन र शर्मा दोषी देखिए उनलाई कानुनबमोजिम कारबाही हुन्छ […]