बजाजका सक्कली स्पेयर पाट्र्स कसरी चिन्ने ?

काठमाडौँ ।  हंसराज हुलास चन्द एण्ड कम्पनीले सक्कली स्पेयर पाट्र्सबारे सचेतना फैलाउन थालेको छ । कम्पनीले बजाजका सक्कली स्पेयर पाट्र्सहरुको विक्री वितरण गर्दै आएको सन्दर्भमा बजारमा कतिपय नक्कली स्पेयरपाट्र्स समेत देखिन थालेसँगै  उपभोक्ताहरुलाई सही जानकारी गराउन

सम्बन्धित सामग्री

सचेतनाका लागि बजाजको ‘सुनेर हैन हेरेर मात्र पत्याउँ’ क्याम्पेन सञ्चालन

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले सुनेर हैन हेरेर मात्र पत्याउँ नामक क्याम्पेन सञ्चालन गरेको छ । उपभोक्ताहरुलाई आफ्ना आधिकारिक वर्कसपहरुमा पाइने गुलाबी स्टिकर टाँसिएका स्पेयर्स पार्टस्हरु नै सक्कली हुन र यिनै सक्कली स्पेयर पार्ट्स नै किन्नुहोला भनेर सचेत गराउने उदेश्यले क्याम्पेन सञ्चालन गरेको कम्पनीले बताएको छ । […]

बजाजको ‘सुनेर हैन, हेरेर मात्र पत्याउँ’ अभियान

काठमाडौं । नेपालका लागि बजाज कम्पनीको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले ‘सुनेर हैन, हेरेर मात्र पत्याउँ’ अभियान शुरू गरेको छ । बजारमा कतिपय नक्कली स्पेयर पार्ट्सको बिगबिगी भएको भन्दै उपभोक्ता त्यस्ता नक्कली स्पेयर पार्ट्सबाट नठगिऊन् भन्ने उद्देश्यले जनचेतनामूलक अभियान शुरू गरिएको कम्पनीले जानकारी दिएको छ । यो अभियानमार्फत उपभोक्तालाई आफ्ना आधिकारिक वर्कशपमा पाइने गुलाबी स्टीकर टाँसिएका स्पेयर पार्ट्स नै सक्कली हुन् भन्ने जानकारी दिन लागिएको कम्पनीको भनाइ छ ।

अग्नि आस्थाले खोल्यो चार स्थानमा एकैसाथ महिन्द्रा सोरुम

काठमाडौं (अस) । अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालिले नेपालमा प्रमाणीकरणयुक्त प्रयोग गरिएका महिन्द्रा सवारीसाधन बिक्री, सेवा र स्पेयर पाट्र्स सेटअपसहितको पहिलो आधिकारिक सोरुम एकैसाथ चार स्थानमा सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाडौं, इटहरी, भरतपुर र भैरहवामा एकैसाथ सोरुम उद्घाटन गरेको हो । छिट्टै पोखरा तथा मुलुकका अन्य स्थानमा पनि सोरुम खोल्ने योजना रहेको कम्पनीले बताएको छ । बिक्री, सेवा र स्पेयर पाट्र्स सुविधाको अवधारणासहित प्रमाणीकरणयुक्त प्रयोग गरिएका सवारीसाधन बिक्री सुविधा ल्याइएको यो पहिलो पटक भएको कम्पनीले जनाएको छ । अबदेखि ग्राहकले नेपाली बजारमा प्रमाणित प्रयोग भइसकेका महिन्द्रा सवारीसाधन खरिद गर्न सक्नेछन् । हालका लागि विशेष रूपमा महिन्द्राका प्रयोग भइसकेका युटिलिटी सवारी, एसयूभी, पिकअपमा कम्पनी मुख्य रूपमा केन्द्रित हुनेछ । अग्नि ग्रुपका कार्यकारी निर्देशक सुशन वैद्य श्रेष्ठले भने, ‘प्रमाणीकरणयुक्त प्रयोग गरिएका महिन्द्रा सवारीसाधन विश्वभरि लोकप्रिय छन् । तर, नेपालमा पहिलो पटक यस्तो अवधारणा ल्याइएको हो । हामीले बेच्ने सवारी प्रयोग भइसकेका भए पनि यसलाई नयाँ अवस्थामा जस्तै उपलब्ध गराउँछौं । ग्राहकले प्रयोग भइसकेका सवारीसाधन २०० चेकप्वाइन्ट निरीक्षणसहित १२/७ सर्भिस सुविधा, सक्कली स्पेयर पार्टस् र सक्कली सहायक सामग्री, बडी एन्ड पेन्ट्स सुविधा, भेहिकल ग्रुमिङ सेवासहितका सेवासुविधा पाउन सक्नेछन् ।’ ग्राहक सुविधाका लागि एकलबिन्दु समाधानको रूपमा आएको कम्पनीको भनाइ छ । कुनै पनि प्रयोग भइसकेका सवारीसाधन बिक्री गर्नुअघि कम्पनीले सवारीलाई मल्टिप्वाइन्ट निरीक्षणसहित प्रमाणीकरण गर्नेछ । कम्पनीका प्रशिक्षित प्राविधिकले सयौं भाग र प्रणालीमा जाँच गर्नेछन् ।