राष्ट्रको समुन्नति र विकासका लागि पर्यटन महत्वपूर्ण माध्यम हो । पर्यटनलाई बढावा दिने मुख्य साधन यातायात हो । यातायातबिना पर्यटन विकासको कल्पनै गर्न सकिँदैन । यातायातको असुविधाकै कारणले गर्दा पहाडी क्षेत्रमा विकासको गति मन्द हुन्छ । यस्ता क्षेत्रमा यातायातका स्थल साधन विकट पहाडी क्षेत्रमा पु¥याउन कठिन र जोखिमपूर्ण हुन्छ । त्यस्ता क्षेत्रमा हवाई साधनको व्यवस्था गर्नु आवश्यक छ । हवाई साधनको व्यवस्था गर्नु पनि महँगो पर्छ । नियमित उडान गराउन विविध समस्याका कारणले गर्दा कठिन हुने भए पनि त्यस्ता देशमा स्थल यातायातभन्दा हवाई यातायात नै चाँडै व्यवस्था गर्न सकिन्छ ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको पर्यटनमन्त्री भानुभक्त ढकालले सेतोपाटीलाई जानकारी दिए। आन्तरिक उडान खोल्नेबारे भने कुनै निर्णय भएको छैन।
काठमाडौं : पछिल्लो महामारीका बेला नियमित उडान रद्द भएसँगै केही चार्टर उडानलाई भने नेपाल सरकारले अनुमति दिन थालेको छ।
विशेष गरी विदेशबाट स्वदेश आउन चाहने नेपालीका लागि यस्ता चार्टर उडान भर्न थालेका हुन्। तर, यस्ता चार्टर उडानले चर्को भाडा लिन थालेको गुनासो यात्रुले गर्न थालेका छन्।
जापान र हङकङमा भएका