दोलखा । प्रसिद्ध कालीञ्चोक मन्दिर वरपरका जग्गा हडप्ने क्रम अझै रोकिएको छैन । बन्दाबन्दीको समयमा पनि १० भन्दा बढी घरटहारा निर्माण भएका छन् । यसअघि नै एक सयभन्दा बढी घर निर्माण भइसकेका बताइएको छ । जथाभावीरुपमा काठ काट्नाले वन फँडानी नियन्त्रणभन्दा बढी भएको स्थानीयवासी मकर पाख्रिनले जानकारी दिए । अतिक्रमण रोक्नका लागि पटकपटक स्थानीय जनप्रतिनिधि र प्रशासन लाग्दा पनि खासै चासो नदेखाएको स्थानीय होटेल व्यवसायी नुर्बु तामाङले बताए ।सो क्षेत्रका जग्गा वन मन्त्रालयअन्तर्गत सामुदायिक वन अथवा भूमिसुधा