श्रीलंकामा प्रदर्शनकारीमाथि भएको आक्रमणको मानव अधिकारवादी समूहद्वारा निन्दा

न्युयोर्क–न्युयोर्कस्थित अधिकारवादी समूह ह्युमन राइट वाच  (एचआरडब्लू) ले श्रीलंकामा प्रदर्शनकारीहरूमाथि भएको आक्रमणको निन्दा गरेको छ । सुरक्षाकर्मीलाई प्रदर्शनकारी विरुद्ध गैरकानुनी बल प्रयोग रोक्न पनि एचआरडब्लूले सरकारसँग माग गरेको छ ।सुरक्षाकर्मीले शुक्रबार राजधानीको मुख्य सरकार विरोधी प्रदर्शन शिविरमा छापा मारेर प्रदर्शनकारीहरूलाई गिरफ्तार गर्नुका साथै पालहरू भत्काएका थिए । सो क्रममा ९ जना पक्राउ परेका थिए ।  प्रहरीले घटनालाई ‘राष्ट्रपति सचिवालयको नियन्त्रण फिर्ता लिने व

सम्बन्धित सामग्री

अमेरिकाले भन्यो, ‘प्रदर्शनकारीलाई गोली हान्ने कजाखस्तानको आदेश दमनको परकाष्ठ’

न्यूयोर्क – अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले कजाखस्तानमा सरकारले प्रदर्शनकारीलाई गोली हान्न दिएको आदेशको आलोचना गरेका छन् । मध्यएसियाली देश कजाखस्तानमा मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारीविरुद्ध सरकारले चरम दमन गरिरहेको विवरण सार्वजनिक भइरहेका बेला अमेरिकी विदेशमन्त्रीको भनाई सार्वजनिक भएको हो । ‘कजाखस्तानमा सरकारले प्रदर्शनकारीमाथि गरेको दमनको अमेरिकाले निन्दा गर्छ । सरकारले प्रदर्शनकारीलाई गोली ठोक्न सुरक्षाकर्मीलाई आदेश दिएको […]

सुडानको हिंसाको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा भएको हिंसाको निन्दा गर्नुभएको छ । उहाँले सुडानमा निरन्तर रुपमा बढ्दै गएको प्रदर्शनकारीमाथिको हिंसाको निन्दा गर्नुभएको हो । यहाँ सरकारका विरुद्धमा विगत लामो समयदेखि प्रदर्शन जारी रहेको छ । सो प्रदर्शनका विरुद्धमा यहाँका प्रहरीले प्रदर्शनकारीमाथि आक्रमण गरिरहेका छन् ।

प्रदर्शनकारीमाथि बल प्रयोग गरेको भन्दै संयुक्त राष्ट्रसंघद्वारा तालिबानको निन्दा

भिन्न मत राख्नेहरुमाथि हिंसात्मक रुपमा प्रस्तुत भएको भन्दै संयुक्त राष्ट्रसंघले तालिबानको निन्दा गरेको छ । तालिबानले गएको अगस्ट १५ मा अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको थियो । अहिले तालिबानले अफगानिस्तानमा अन्तरिम सरकार पनि गठन गरेको छ । पछिल्ला दिनहरुमा तालिबानविरोधी प्रदर्शन भइरहेका छन् काबुलसहित विभिन्न क्षेत्रमा । विशेषगरी महिलाहरुले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा तालिबानले बल […]

म्यान्मारको विरोध प्रदर्शनमा सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु

न्यापिटअ । म्यान्मारमा सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएपश्चात् त्यसको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले चलाएको गोली लागेर सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु भएको राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घ महासचिवका प्रवक्ता स्टिफेन डुजारिकले गर्नु भएको नियमित पत्रकार सम्मेलनमा सेनाको गोली लागेर आइतबार एकै दिन ३८ जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले यी हत्याकाण्ड याङ्गुनको हाइलाङ थायेर क्षेत्रमा भएको पनि राष्ट्रसङ्घीय मानव अधिकारी कार्यालयको भनाई उद्धृत गर्दै बताउनुभयो । म्यान्मारमा शनिबार पनि १८ जनाको ज्यान गएको थियो । उहाँले भन्नुभयो, ‘राष्ट्रसङ्घ महासचिवले शान्तिपूर्ण प्रदर्शनमा सहभागीमाथि भएको यस किसिमको हिंसात्मक कारबाही कुनै पनि हालतमा स्वीकार्य छैन । म्यान्मारका जनताको आधारभूत अधिकार निरन्तर उल्लङ्घन भइरहेकामा राष्ट्रसङ्घ निन्दा गर्दछ ।’ राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले क्षेत्रीय एवं अन्तर्राष्ट्रिय समुदायलाई म्यान्मारका जनताको पक्षमा ऐक्यबद्धता जनाउन पनि आग्रह गर्नु भएको छ । यसैबीच, म्यान्मारको सेनाले ठूलो संख्यामा प्रदर्शनकारी मारिएपछि याङ्गुनका विभिन्न क्षेत्रमा सैनिक कानुन लगाएको छ । निक्की एसियाका अनुसार यस क्षेत्रमा प्रदर्शनकारीले चिनियाँहरुको स्वामित्वमा रहेका धेरैवटा कारखानामा आगजनी गरिदिएका थिए । सेनाले गत फेब्रुअरीमा सत्ता आफ्नो हातमा लिएपछि सेना विरुद्ध दिनहुँ प्रदर्शनहरु भइरहेका छन् । सेनाले आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गर्नुका साथै संसदको नयाँ निर्वाचनलाई पनि खारेज गरिदिएको छ । यसैबीच, जापानको भ्रमणमा रहनु भएका अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले म्यान्मारमा सेनाले गरेको ज्यादती निकै भयानक रहेको र त्यो कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनु भएको छ ।(एजेन्सी)