अमेरिकाले भन्यो, ‘प्रदर्शनकारीलाई गोली हान्ने कजाखस्तानको आदेश दमनको परकाष्ठ’

न्यूयोर्क – अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले कजाखस्तानमा सरकारले प्रदर्शनकारीलाई गोली हान्न दिएको आदेशको आलोचना गरेका छन् । मध्यएसियाली देश कजाखस्तानमा मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारीविरुद्ध सरकारले चरम दमन गरिरहेको विवरण सार्वजनिक भइरहेका बेला अमेरिकी विदेशमन्त्रीको भनाई सार्वजनिक भएको हो । ‘कजाखस्तानमा सरकारले प्रदर्शनकारीमाथि गरेको दमनको अमेरिकाले निन्दा गर्छ । सरकारले प्रदर्शनकारीलाई गोली ठोक्न सुरक्षाकर्मीलाई आदेश दिएको […]