नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठान च्यासलमा जारी बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल भइरहेको छ ।विभिन्न प्रस्ताव र प्रतिवेदनमाथि आज र भोली दुई दिन छलफल गरेर पारित गर्ने तयारी रहेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङको भनाइ छ । एमालेको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा हुदैछ भने राष्ट्रिय महाधिवेशन आगामी मंसिरमा तय भएको छ ।