काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। आजको बैठकमा पनि समूहगत छलफलले निरन्तरता पाउने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र आगामी निर्वाचनको उम्मेदवारीका लागि मापदण्ड तथा प्रक्रियाबारे छलफल सकिएपछि आजै निष्कर्ष सुनाइने छ। एमाले केन्द्रीय कमिटी बैठक शुक्रबारदेखि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको थियो।
चितवन । नेकपा एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक स्थगित भएको छ । बिहीबार चितवनको सौराहामा बस्ने गरी तय भएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो । एमाले केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले आजका लागि तय बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित भएको रातोपाटीलाई जानकारी दिए । बिहीबार बेलुका सौराहामा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । अब स्थगित बैठक शुक्रबार बेलुका अथवा शनिबार आवश्यकताअनुसार बस्नेछ । उनले भने । नेताहरूबीच भोलि वा पर्सी कहिले बस्ने भन्नेबा
५ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुद्धनगरमा शुरु भएको छ । नेकपा एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीको यो पहिलो केन्द्रीय कमिटी बैठक हो । यसअघि ८ भदौमा पनि केन्द्रीय कमिटी बैठक बसेको थियो । तर त्यसबेला एकीकृत समाजवादीले वैधानिकता पाएको थिएन । बुद्धनगरस्थित क्वालिटी ब्वांक्वेटमा शुरु भएको बैठकमा पार्टी गतिविधिको […]
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । एमालेबाट विभाजन भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले राजनीति तथा समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाएको हो ।
२ साउन, काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । सोमबार बिहान एघार बजे केन्द्रीय कमिटी बैठक बोलाएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । केन्द्रीय कमिटी बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बस्ने उनले बताए । त्यसअघि आइतबार बिहान ११ बजे स्थायी कमिटी बैठक बस्नेछ । शुक्रबार पनि अध्यक्ष केपी शर्मा ओलीले […]