सदरमुकामस्थित विद्यामन्दिर माविकी एक छात्राले विद्यालयबाट पाउने गरेको सेनिटरी प्याड प्रयोग गर्दा सुरक्षित नभएको बताइन् । उक्त प्याडले महिनावारी भएका बेला सुरक्षा नदिएको भन्दै बजारको किनेर लगाउनुपरेको उनको भनाइ छ ।
काडमाडौं । सामुदायिक विद्यालयले न्युन गुणस्तर र समय गुज्रिएको सेनिटरी प्याड वितरण गरेको गुनासो आएपछि काठमाडौं महानगरले कामपाभित्र ८९ वटै सामुदायिक विद्यालयलाई सचेत गराएको छ । सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका छात्रालाई निःशुल्क सेनिटरी प्याड वितरण गरिरहेको छ । विगतका वर्षमा गुणस्तरहीन सेनिटरी प्याड वितरण भइरहेको गुनासो आएपछि त्यसलाई नियन्त्रण गर्न […]
काठमाडौं, बैशाख १६ । छात्राको स्वास्थ्य र शैक्षिकस्तरमा सुधार गर्ने उद्देश्यले किशोरीहरूले महिनावारी हुँदा प्रयोग गर्ने सेनिटरी प्याडमा सरकारले ठूलो लगानी गर्दै आएको छ तर त्यस्ता प्याडको उपयोग र गुणस्तरमा गम्भीर समस्या देखिएको छ । स्कुले छात्रालाई निःशुल्क रूपमा उपलब्ध गराइने सेनेटरी प्याड पालिकाहरूले मापदण्डअनुरूपको खरिद गर्ने गरेको दाबी गरे पनि छात्राले रुचाएका छैनन् । […]
विद्यालयमा महिला शौचालय हुनु–नहुनु र छात्राहरूले महिनावारीका बेला सेनिटरी प्याड प्रयोग गर्न पाउनु–नपाउनुबीचको फरक ठूलो छ । यो छात्राहरूको सुविधाको विषय मात्र होइन, विद्यालयमा उनीहरूको नियमित उपस्थिति र कक्षा छाड्ने दरसित पनि यसको अन्तरसम्बन्ध गहिरो छ । यसको मतलब, विद्यालयमा छुट्टै महिला शौचालय नहुँदा र सेनिटरी प्याड प्रयोग गर्न नपाउँदा कति छात्राहरूको शैक्षिक भविष्य अनिश्चित मात्र बनेको हुँदैन, राज्यले शिक्षामा गरेको लगानी पनि खेर गैरहेको हुन्छ ।