काठमाडौँ। एमालेका चार सांसदले फ्लोरक्रस गरेपछि कर्णाली प्रदेशमा सरकार जोगिएको छ। एमालेको नेपाल पक्षका चार सांसदले फ्लोरक्रस गर्नेमा प्रकाश ज्वाला, कूर्मराज शाही, अम्बरबहादुर थापा र नन्दसिंह बूढा छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मतको पक्षमा मत दिने एमालेको १९ सांसद थिए र विपक्षमा १५ जना थिए।