तनहुँमा जीप दुर्घटना, चार जनाको मृत्यु

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा आज साँझ जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । धरमपानीस्थित हटिया भन्ने ठाउँमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जीपमा १२ जना सवार रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । घाइते भएकालाई उद्धार गरी बन्दीपुर अस्पताल पठाइएको उनले बताए । मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । ग १ ज ६५५५ नम्बरको जीप अनियन्त्रित भई भीरबाट तल खसेको थियो ।

सम्बन्धित सामग्री

रोल्पामा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु

२८ कात्तिक, बुटवल। रोल्पामा जीप दुर्घटना हुंदा चार जनाको मृत्यु भएको छ । रोल्पाको माडी गाउँपालिका–६ हान्निङबाट घर्ती गाउँतर्फ जाँदै गरेको रा १ ज ३८२ नम्बरको यात्रुबाहक जीप दुर्घटना हुँदा दुईजना पुरुष र दुईजना महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा माडी– ६ कोर्चाबाङ मिसिडाँडाका ५१ वर्षीय टेकबहादुर पुनमगर, कोर्चाबाङकै ४७ वर्षीय चालक रुद्रबहादुर घर्तीमगर, […]

दाङको बबईमा जीप दुर्घटना, एकको मृत्यु

सल्यानको कालीमाटीबाट दाङतर्फ आउँदै गरेको यात्रुबहाक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन्।

सल्यानमा जीप दुर्घटना हुँदा १२ जना घाइते

१० कात्तिक, सुर्खेत । सल्यानको कुमाख गाउँपालिका–२ धावपानीमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । मर्मपरिकाँडाबाट नेपालगञ्ज जाँदै गरेको भे १ ज ९३० नम्बरको जीप दुर्घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको सल्लीबजारमा उपचार भइरहेको छ । दुर्घटना भएको जीप […]

​​​​​​​घान्द्रुकमा जीप दुर्घटना, चालकसहित ८ जनाको मृत्यु

कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको छ।

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

जाजरकोट- जाजरकोटको गेडेनीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका–५ खाराबाट कालिमाटीतर्फ आउँदै गरेको भे१ज ९८७ नम्बर को जीप दुर्घटना हुँदा बारेकोट–२ की २९ वर्षीया शान्ति रोकाय र नाम नखुलेका एक पुरुषको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए । दुवै जनाको घट्नास्थलमै मृत्यु भएको हो ।

जाजरकोटमा जीप दुर्घटना, दुईको मृत्यु

जाजरकोट, २९ भदौ: जाजरकोटको गेडेनीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका–५ खाराबाट कालिमाटीतर्फ आउँदै गरेको भे१ज ९८७ नं को जीप दुर्घटना हुँदा बारेकोट–२ की २९ वर्षीया शान्ति रोकाय र नाम नखुलेका एक पुरुषको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए । दुवै जनाको घट्नास्थलमै मृत्यु भएको हो ।-रासस/File […]

गुल्मीमा जीप दुर्घटना, ३ को मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना भएको छ । बुधबार मध्याह्न मुसीकोट नगरपालिका ४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा गरी घटनास्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन ।जीप गुल्मीको शान्तिपुरबाट तम्घास आउँदै गरेको थियो । अहिले उद्दारका लागि प्रहरी टोली घटनास्थल पुगेको छ भने थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

मुगुमा जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

मुगुमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सोरु गाउँपालिकाबाट सदरमुकाम गमगढी आउँदै गरेको यात्रुवाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो भने पाँच यात्रु घाइते भएका छन्

जीप दुर्घटना : एकको मृत्यु, सात घाइते

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जीप दुर्घटना हुँदा २६ वर्षीय चालक कमरा रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।दुर्घटनामा घाइते हुनेहरुमा निसीखोला–३ का ५४ वर्षीय प्रेम विक, २७ वर्षीया बिरमला विक, एक वर