महेन्द्र मोरङ क्याम्पसको ६९ औं स्थापना दिवस : तीन प्राध्यापक र दुई कर्मचारी सम्मानित

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरले आफ्नो ६९ औं स्थापना दिवसमा उत्कृष्ट तीन प्राध्यापक र दुई कर्मचारीलाई मंगलबार सम्मानित गरेको छ । सम्मानित हुने प्राध्यापक त्रयमा यामनाथ पौडेल, डा शशितकुमार यादव र विजयहरि खतिवडा छन् । यस्तै कर्मचारीद्वय अनिल कर्ण र दामोदर कोइराला सम्मानित भए । उनीहरुलाई आफ्नो जिम्मेवारी निष्ठापूर्वक पूरा गरी उत्कृष्ट […]

सम्बन्धित सामग्री

बानेश्वर क्याम्पसको ३३ औँ स्थापना दिवस सम्पन्न

राजधानीमा रहेको बानेश्वर बहुमुखी क्याम्पसले आज ३३ औँ स्थापना दिवस मनायो । यस क्रममा सहभागीले नेपालमा उच्च शिक्षाको गुणस्तर अझै प्रभावकारी बन्न नसकेको गुनासो गर्नुभयो । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्राडा डिल्लीराज शर्माले राज्यले २०१३ सालदेखि विभिन्न योजना ल्याए पनि आङ्गिक क्याम्पसको भविष्य सन्तोषजनक नरहेको भन्दै पाठ्यक्रममा परिवर्तन गर्नुपर्ने, सामुदायिक क्याम्पसमा आर्थिक लगानीमा वृद्धि गर्नुपर्ने सुझाव दिनुभयो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष हरिबोल भट्टराईले क्याम्पसको उन्नतिका लागि प्राध्यापक, विद्यार्थी तथा अभिभावकसमेत सक्रिय भूमिकामा रहेर समयसापेक्षको शिक्षा दिनुपर्ने बताउनुभयो ।

‘नेपालको विदेश नीति र संयुक्त राष्ट्रसंघ’ पुस्तक विमोचन

काठमाडौं (अस) । ‘नेपालको विदेश नीति र संयुक्त राष्ट्रसंघ’ शीर्षकको पुस्तक विमोचन भएको छ । होटल येलो प्यागोडामा पुस्तक सार्वजनिकीकरण कार्यक्रम आयोजना यूएन एसोसिएसन अफ नेपालले वैशाख ९ गते गरेको थियो । पुस्तकमा विदेश सचिव, पूर्वविदेश सचिवहरु, पूर्वराजदूत, प्राज्ञ र विद्वान्जस्ता प्रख्यात व्यक्तिले लेखेका २५ विचार समावेश छन् । पुस्तक विमोचन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेका थिए । कार्यक्रमको अध्यक्षता एसोसिएसनका अध्यक्ष एसोसिएट प्राध्यापक डम्बरवीर थापाले गरेका थिए । कार्यक्रममा एसोसिएसनका उपाध्यक्ष राधेश पन्तले स्वागत मन्तव्य व्यक्त गरेका थिए । पूर्वराजदूत प्राध्यापक डा. मोहनप्रसाद लोहनीले पुस्तक प्रकाशनमा सघाएकामा सम्पादकीय टोलीका तर्फबाट योगदानकर्तालाई धन्यवाद दिए । संयुक्त राष्ट्रसंघको ७५ औं स्थापना दिवस र नेपालले संस्थाको सदस्यता लिएको ६५ औं वर्ष अवसर पारेर पुस्तक सार्वजनिक गर्नु गरेर राम्रो काम गरेको भन्दै सेन्टर फर साउथ एशियन स्टडिजका निर्देशक निश्चलनाथ पाण्डेले एसोसिएसनलाई धन्यवाद ज्ञापन गरे ।

‘नेपालको विदेश नीति र संयुक्त राष्ट्र संघ’ पुस्तक विमोचन

वैशाख ११, काठमाडौं । ‘नेपालको विदेश नीति र संयुक्त राष्ट्र संघ’ शीर्षकको पुस्तक विमोचन हालै एक समारोहका बीच काठमाडौंस्थित होटल येलो प्यागोडामा गरिएको छ ।  पुस्तक सार्वजनिकीकरण कार्यक्रमको आयोजना यूएन एशोसियशन अफ नेपालले गरेको थियो । पुस्तकमा विदेश सचिव, पूर्व विदेश सचिवहरु, पूर्वराजदूत, प्राज्ञ र विद्वानहरु जस्ता प्रख्यात व्यक्तिहरुले लेखेका २५ ओटा लेख समाविष्ट छ । पुस्तकको विमोचन प्रमुख अतिथि एवं परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले गरेका थिए ।  कार्यक्रमको अध्यक्षता एशोसियशनका अध्यक्ष एसोसियट प्राध्यापक डम्बर बिर थापाले गरेका थिए ।  कार्यक्रममा एशोसियशनका उपाध्यक्ष राधेश पन्तले स्वागत मन्तव्य व्यक्त गरेका थिए । पूर्वराजदूत प्राध्यापक डा मोहन प्रसाद लोहनीले समयमा पुस्तक प्रकाशनमा सघाएकोमा सम्पादकीय टोलीको तर्फबाट योगदानकर्ताहरुलाई धन्यवाद दिएका थिए ।  पुस्तकको समीक्षा गर्दै संयुक्त राष्ट्र संघको ७५ औं स्थापना दिवस र नेपालले यूएनको सदस्यता लिएको ६५ औं वर्षको अवसर पारेर सो पुस्तक सार्वजनिक गरेर राम्रो काम गरेको भन्दै सेन्टर फर साउथ एशियन स्टडिजका निर्देशक निश्चल नाथ पान्डेले एशोसियशनलाई धन्यवाद ज्ञापन गरेका थिए ।