देशभर एकैपटक ४७ हजार व्यक्तिलाई सरकारी रोजगारीको अवसर खुलेको छ ।
राष्ट्रिय जनगणना २०७८ का लागि केन्द्रीय तथ्यांक विभागले ३९ हजार गणक र ८ हजार सुपरीवेक्षकलाई करारमा नियुक्त गर्न भर्ना आह्वान गरेको छ ।
विभागले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै माघ ११ गतेदेखि चैत ११ गतेसम्म अनलाइनबाट दरखास्त फाराम भर्न सकिने जनाएको छ ।
चैत १ गतेपछि प्रदेश तथा जिल्लामा जनगणना कार्यालय खोलिने भएकाले चैत ५ गतेदेखि चैत ११ गतेसम्म ७ दिन दरखास्त फाराम कार्यालयमा समेत बुझाउन सकिने छ ।
दरखास्त फाराम भर्दा कुनै शुल्क नलाग्ने विभागले जनाए...