काठमाडौं : डिल्लीबजारस्थित कारागारमा पार्टीको आधिकारिकताको लागि सनाखत गर्न नमानेपछि सांसद रेशम चौधरीलाई सुरक्षा घेराका साथ निर्वाचन आयोग पुर्याइएको छ।
गृह मन्त्रालय र कारागार व्यवस्थापन विभागको स्वीकृतिपछि सांसाद चौधरीलाई डिल्लीबजार कारागारबाट आयोग पुर्याइएको हो। बाक्लो सुरक्षाकर्मीको घेरामा सांसद चौधरीलाई आयोग लगिएको थियो। उनी नीलो कुर्थामाथि स्टकोट लगाएर ठाँटिएर आयोग पुगेका थिए।
सांसद चौधरीले…