काठमाडौं : सडक किनारामा मकै पोलेर बिक्री गर्दैै आएका दम्पतीलाई नगर प्रहरीले लछारपछार गर्दै सामान जफत गरेको भिडियो सामाजिक सञ्जालमा आएपछि महानगरपालिकको चर्काे विरोध भइरहेको छ। एक महिनाअघि मात्र काठमाडौं महानगर प्रमुखमा निर्वाचित भएका बालेन साहले उम्मेदवारी घोषणाकै क्रममा फुटपाथ व्यवसायलाई व्यवस्थित गर्ने घोषणा गरेका थिए। तर उनी निर्वाचित भएलगत्तै महानगरपालिकाले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा फुटपाथ व्यवसायलाई नियन्त्रण गर्ने नीति पास भयो। महानगर प्