रुपन्देहीमा जेठ १४ देखि बालबालिकालाई पोलियोविरुद्धको आईपीभी खोप अभियान

रुपन्देही । रुपन्देहीमा जेठ १३ गतेदेखि बालबालिकालाई पोलियोविरुद्धको आईपीभी खोप अभियान सञ्चालन हुने भएको छ । अभियानमार्फत करिब ७० हजार बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । कार्यालयका अनुसार दुई चरणमा सञ्चालन हुने खोप अभियानअन्तर्गत जिल्लाका ६९ हजार ७६३ जना बालबालिकालाई आईपीभी खोप लगाइनेछ । २०७३ देखि २०७५ सम्म जन्मेका र उक्त […]

सम्बन्धित सामग्री

सङ्खुवासभामा कोरोना विरुद्धको बुस्टर खोप अभियान सुरु

सङ्खुवासभामा कोरोना भाइरसविरुद्धको बुस्टर खोप अभियान सुरु भएको छ। आइतबारबाट कोरोना भाइरसविरुद्धको बुस्टर खोप अभियान सुरु गरिएको हो।

दादुरा–रुवेला खोप अभियान

कञ्चनपुरको बेदकोट नगरपालिकामा शुक्रबार दादुरा–रुवेला खोप अभियान अन्तरगत बालबालिकालाई खोप लगाउँदै स्वास्थ्यकर्मी। जिल्लाभर ६ महिनादेखि १५ बर्ष मुनिका बालबालिकालाई दादुरा–रुवेला खोप अभियान सञ्चालन भएको छ।

पुनः खोप अभियान सञ्चालन हुने

काठमाडौं । सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि पुनः खोप अभियान सञ्चालन गर्ने भएको छ । खोप लगाउन छुटेका बालबालिकाका लागि यही वैशाख १५ र ३१ गते खोप अभियान सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको हो । यसअघि खोप लगाउन छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउन मन्त्रालयले अभिभावकसँग आग्रह गरेको छ । घर […]

हिमपातले मनाङमा खोप अभियान स्थगित

हिमपातले मनाङमा कोरोनाविरुद्धको बुस्टर खोप अभियान स्थगित भएको छ । हिमपातले पैदलमार्गसमेत अवरुद्ध हुँदा खोप अभियान स्थगित गरिएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख वद्री आचार्यले जानकारी दिए ।मनाङमा कोभिड-१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान ५ माघबाट सञ्चालन भएको थियो । कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर ६ महिना पूरा भएका नागरिकका लागि बुस्टर खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।मनाङमा कोभिशिल्ड र भेरोसेल खोप उपलब्ध भएको स्वास्थ्य कार्यालय मनाङका प्

कपिलवस्तुमा हैजाबिरुद्ध खोप अभियान

खोप केही वडाध्यक्ष र सर्वसाधारण समेतलाई स्वास्थयकर्मीले खुवाएका थिए। यशोधरा गाउँपालिकामा आइतबारदेखि मंसिर १० गतेसम्म खोप अभियान सचालन हुनेछ।...

काठमाडौंमा भेरोसेल खोप अभियान स्थगित

काठमाडौं, साउन १ । काठमाडौं जिल्लामा चिनियाँ भेरोसेल खोप अभियान स्थगित गरिएको छ । खोपको मौज्दात सकिएको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले साउन २ गतेसम्म लागि तय गरिएको तालिका स्थगित गर्नुपरेको जनाएको हो । अर्को सूचना नभएसम्म खोप अभियान रोकिएको पनि सो कार्यालयले जनाएको छ ।

काठमाडौंमा भेरोसेल खोप अभियान स्थगित

कोरोना भाइरसविरुद्धको भेरोसेल खोप अभाव भएको भन्दै काठमाडौंमा खोप अभियान स्थगित गरिएको छ

भेरोसेल खोप सकिएपछि काठमाडौंमा खोप अभियान स्थगित

काठमाडौंमा चार दिनदेखि जारी कोभिड विरुद्धको खोप अभियान कार्यक्रम स्थगित भएको छ। काठमाडौंमा असार २९ गतेदेखि भेरोसेल खोप अभियान सञ्चालन भइरहेको थियो।

काठमाडौं महानगरमा किन रोकियो कोरोना खोप अभियान?

काठमाडौं महानगरमा कोभिड-१९ विरुद्धको खोप अभियान स्थगित गरिएको छ। ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई लगाइने भेरोसेल खोप सकिएपछि खोप अभियान स्थगित गरिएको हो।

कोरोनाविरुद्धको खोप अभियान स्थगित

काठमाण्डाै – सरकारले कोरोना भाइरसविरुद्धको खोप अभियान हालका लागि स्थगित गरेको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको (आईसीएस) बैठकले खोप उपलब्ध नहुञ्जेलका लागि खोप अभियान स्थगित गर्ने निर्णय गरेको हो ।बुधवारदेखि ५५ वर्षमाथिका नागरिकलाई खोप दिने कार्यक्रम रहेकोमा खोप उपलब्ध नहुञ्जेलका लागि स्थगित गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले खोप उपलब्ध हुनासाथ सूचना दिएर अभियान सुरु गर्ने बताउनुभयो ।अग्रिम ...