पहिलो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी–२० क्रिकेटको उपाधि एपीएफले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बुधबार सम्पन्न खेलमा विभागीय टिम एपीएफले अर्को विभागीय टिम पुलिसलाई २१ रनले हराएर उपाधि जितेको हो ।बुधबारको खेलमा दुवै टिमले राम्रो सुरुआत गर्न सकेनन् । एपीएफको टप अर्डर ब्याटिङमा पनि लोकेश बमबाहेक अन्य खेलाडी राम्रोसँग चल्न सकेनन् । […]