पीएम कप क्रिकेट : बागमती र आर्मी दोस्रो सेमिफाइनलमा खेल्दै

१५ माघ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरिरहेको चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहान ९ बजे सुरु हुनेछ । बागमती समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल […]

सम्बन्धित सामग्री

पीएम कप क्रिकेट : पुलिसको २ रनको रोमाञ्चक जित

२६ पुस, काठमाडौं । प्रधानमन्त्री कप टी-२० पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार मूलपानी मैदानमा भएको नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशविरूद्ध २ रनको रोमाञ्चक जित हात पारेको छ । दुवै टोलीले २०-२० ओभर बलिङ गरे पनि दुई सय रन समेत बन्न नसकेको खेलमा पुलिसले ९३ रनको स्कोर डिफेण्ड गर्दै विजयी सुरुआत गरेको हो । पुलिसका आरिफ शेख […]

पीएम कप क्रिकेट २६ पुसदेखि

प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार पीएम कपको खेल तालिका सार्वजनिक गरेको हो । पीएम कप पुस २६ गतेबाट माघ ५ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । क्यानले सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूहको शीर्ष दुई टोलीले […]

पीएम कप क्रिकेट सुदूरपश्चिम छनोटको खेलतालिका सार्वजनिक

प्रधानमन्त्री कप सिनियर पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेलतालिका सार्वजनिक गरिएको छ ।  शुक्रवार सार्वजनिक खेल तालिकाअनुसार छनोट प्रतियोगिता पुस १४ गतेदेखि कञ्चनपुरको महेन्द्रनगरमा शुरू हुने भएको हो । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार सहभागी हुने ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा अछाम, डडेल्धुरा, कञ्चनपुर र दार्चुला छन् । समूह ‘बी’मा बैतडी, कैलाली, बझाङ र डोटी छन् ।    प्रतियोगिता अन्र्तग...

पीएम कप क्रिकेट : आर्मीले उचाल्यो उपाधि

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले उचालेको छ । शनिबार भएको फाइनलमा नेपाल एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै आर्मीले पहिलो पटक उपाधि जितेको हो । आर्मीले पहिलोपटक प्रधानमन्त्री कप क्रिकेटको उपाधि उचालेको हो । उपाधिसँगै आर्मीले १० लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको एपीएफले पाँच लाख रुपैयाँ प्राप्त गर्यो। आर्मीले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको एपीएफले ४३ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १ सय ७८ रनमा अलआउट भयो ।

पीएम कप क्रिकेट : फाइनलमा आर्मी र एपीएफ भिड्ने

काठमाडौं ।  बागमती प्रदेशमाथि ९४ रनको शानदार जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आर्मीले राष्ट्रिय खेलाडीले भरिपूर्ण बगमती प्रदेशमाथि जित निकाल्दै एपिएफसँगको भेट पक्का गरेको हो । उपाधिकालागि यी दुई टोली शनिबार प्रतिस्पर्धा गर्नेछन् । आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दिएको २ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा बागमतीले ४०.२ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ३५ रन जोड्न सक्यो । ५ विकेट गुमाउँदा १८ रन जोडेको बागमतीका लागि ओपनर आकाश थापा पहिलो ओभरको तेस्रो बलमा पवेलियन फर्किएका थिए । कप्तान ज्ञानेन्द्र मल्लले ४७ रनको व्यक्तिगत स्कोर बनाउँदै बागमतीको इनिङ उकास्ने प्रयास गरे पनि सुशान भारीको बलमा एलबीडब्लूको धरापमा परे । विपिन आचार्यल २३ रनको स्कोर बनाउँदा नन्दन यादवले नटआउट २२ रनको योगदान गर्दा आदिल खान १० रन जितेन्द्र मुखियाको बलबमा विकेटकिपर विनोद भण्डारीबाट क्याच आउट भए । यस्तै अन्य ब्याट्स म्यानले भने दोहोरो अंकको स्कोर छुन सकेनन । तीन खेलाडी शून्यमा पवेलियन फर्किएका थिए । बागमतीको इनिङलाई सस्तैमा समेट्ने क्रममा आर्मीका जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट निकाल्दा विक्रम शोब र सुशान भारीले समान ३÷३ विकेट हात पारे । यस अघि टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले पुरै ५० ओभरको समाप्तिमा सबै विकेट गुमाएर २ सय २९ रन जोडेको थियो । आर्मीको सुरुआत खराब भए पनि मध्यक्रममा ब्याट्स म्यान विक्रम शोब र राजेश पुलामीले इनिङ सम्हाले । राजेश पुलामीले अर्धसतकीय इनिङ खेल्दै टोलीको स्कोर सम्मान जनक अवस्थामा पु-याएका थिए । राजेशले ६५ रनको योगदान गरेका थिए । यस्तै भिम सार्कीले ४० रन जोड्दा बिक्रम शोबले ३५ रन बनाएर पवेलियन फर्किए । लोकेश बम २३ रनमा आउट हुँदा सुशन भारीले १६ र कप्तान विनोद भण्डारीले १० रन बनाए ।बागमतीका गौतम केसीले ५ विकेट लिए । राम नरेश गिरि, नन्दन यादव,तिलक भण्डारी ...

पीएम कप क्रिकेट : सेमिफाइनलमा एपीएफ र पुलिस तथा बागमती र आर्मी भिड्ने

१२ माघ, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको चौथो संस्करणको सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार समूह चरणका अन्तिम दुई खेल भएपछि सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुङ्गो लागेको हो । समूह ए बाट विभागीय क्लबद्वय एपीएफ र त्रिभुवन आर्मी तथा समूह बी बाट बागमती प्रदेश र साविक विजेता नेपाल पुलिस क्लब […]

पीएम कप क्रिकेट : एपीएफ टस जितेर ब्याटिङ गर्दै

१० माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछ । समूह ए अन्तर्गत विभागीय टोली एपीएफ र कर्णाली प्रदेशबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा सुरुभएको छ । खेलमा उपीएफले टस जितेर पहिले ब्याटिङ रोजेको छ । एपीएफले आज पहिलो रोजाइका तीन खेलाडीलाई आराम दिएको छ । आसिफ शेख, प्रदीप ऐरी […]

पीएम कप क्रिकेट : पुलिस र लुम्बिनी तथा एपीएफ र गण्डकी भिड्दै

८ माघ, काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । समूह ‘बी’ अन्तर्गत साविक विजेता नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुनेछ । बुधबार भएको खेलमा सुदूरपश्चिमलाई ९ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको पुलिस त्यही लयलाई निरन्तरता दिन चाहन्छ […]

पीएम कप क्रिकेट : पुलिसकाे पहिलाे जित

७ माघ, काठमाडौं । साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेटमा पहिलाे जित हात पारेकाे छ । स्पिनरद्वय सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ४-४ विकेट लिएपछि पुलिसले सुदूरपश्चिमलाई ११० रनमा अलआउट गरेकाे थियाे । सुनिल धमला र कुशल भुर्तेलले अर्धशतक प्रहार गरेपछि पुलिसले १७ ओभर खेल्दै १ विकेट […]

पीएम कप क्रिकेट : सुदूरपश्चिमविरुद्ध टस जितेर बलिङ गर्दै पुलिस

७ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछ । टीयू अन्तर्राष्ट्रिय मैदानमा समूह बी मा रहेका नेपाल पुलिस र सुदूरपश्चिम खेल्दैछन् । जसमा पुलिसले टस जितेर पहिले फिल्डिङ रोजेको हो । साविक विजेता पुलिस पहिलो खेलमै बागमतिसंग पराजित भएको थियो । त्यसैले पुलिस प्रतियोगितामा पहिलो जितको खोजीमा छ । […]