पोखरा – पोखराबाट १३ वर्षीय बालक बेपत्ता भएका छन्। पोखराको फूलबारी बस्दै आएका सुवास रोका फागुन २७ गतेदेखि बेपत्ता भएका हुन्। स्याङजाको पुतलीबजार नगरपालिका–१३ कुमालटारी स्थायी ठेगाना भएका रोका पोखरा एकेडेमीको होस्टलमा बस्थे। कक्षा ६ मा पढ्ने उनी शिवरात्रिको छुट्टीमा होस्टलबाट घर आएको बेला वेपत्ता भएको आमा अम्बिकाले बताइन्। उनका अनुसार विदामा घर आएका उनी […]
नेपालगञ्ज – २१/२२ वर्षदेखि आफन्तको सास वा लाशको माग गर्दै आन्दोलन गरिरहेका बेपत्ता परिवारले ‘परिपूरण र स्मृतीकरण’ भए ‘माफी’ दिने बताउन थालेका छन्। सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका आफन्तको खोजीमा जीवन बिताएका बेपत्ता परिवारले राज्यले परिपूरण र बेपत्ताको नाममा स्मृति, चोक या सडकको नामाकरण गरिदिए हत्या नै भए पनि माफी दिने बताएका हुन्। बर्दिया जिल्ला […]
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि दलहरूबाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम जिल्लाबाट छनोट भएर केन्द्रमा आइरहेको छ । कतिपय दलले केन्द्रमा उम्मेदवार छनोट गर्ने कार्य पनि सुरु गरिसकेका छन् । जिल्लाबाट प्रदेश तथा केन्द्रमा सिफारिस भएका नामहरूमा शहीद परिवार, बेपत्ता परिवार, घाइतेहरूको नाम नपरेको गुनासो हरेक पार्टीमा सुनिन थालेका छन् । जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, थरुहट लगायत विभिन्न आन्दोलनमा सहादत दिएका थुप्रै शहीद परिवारहरू छन् । ती आन्दोलनमा थुप्रै घाइते पन
सल्यान : रोजगारीका लागि डोल्पा गएका सल्यानका ४६ वर्षीय शुकलाल यरी ३ वर्षदेखि बेपत्ता छन्। डोल्पाको दुनैमा घर प्लास्टरको काम गर्न घरबाट हिँडेका शारदा नगरपालिका-६ सापमाराका यरी ३ वर्षदेखि सम्पर्कविहीन भएका हुन्।डोल्पाको दुनैमा पुगेर काम शुरु गरिसकेको भनेर घरमा खबर गरेका यरी २०७६ भदौदेखि परिवार र आफन्तको सम्पर्कमा नआएको यरीकी छोरी रेखा यरीले बताइन्। ३ वर्षदेखि सम्पर्कमा नआएपछि बुवाको खोजतलास गरिदिन उनले सबैसँग आग्रह गरेकी छन्।यरीलाई डोल्पा लग्ने गाउँकै ठेकेदार भागिराम बुढाथोकीले आफूले यर
काठमाडौं : एक महिनाभन्दा लामो समयदेखि सम्पर्कविहीन भएका अग्रवाल परिवार काठमाडौं आइपुगेको छ। पैसा कारोबारका कारण एकाएक गायव बनेको सिंगो परिवार नै आज बिहान काठमाडौं आइपुगेको प्रहरीले जानकारी दिएको छ।
गएको पुस २२ गतेदेखि ओमप्रकाश अग्रवालको परिवार सम्पर्कविहीन भएकाले खोजी गरिदिन भन्दै महानगरीय प्रहरी वृत्त मालीगाउँमा निवेदन परेको थियो। ओमप्रकाशकी छोरी रजनी अग्रवालले सिंगो परिवार…
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा सशस्त्र द्वन्द्व, जनआन्दोलन र प्रदेश प्राप्तीको आन्दोलनमा मृत्यु भएका तथा बेपत्ता पारिएका परिवार तथा घाइते–अपांगता भएका व्यक्तिहरूलाई मासिक भत्ता उपलब्ध गराउन ६ करोड रूपैयाँ छुट्याएको छ।...
बेपत्ता पारिएकाहरुको परिवार निकै कठिन परिस्थितीसँग जुध्नु परेको हुन्छ। ती कठिन परिस्थितीहरुमध्ये एक हो–पर्खाई। कयौँ वर्षदेखि हामीहरु हाम्रा आफन्तको नियतीबारे, न्याय र जवाफदेहिताबारे उत्तरको पर्खाइमा छौँ। सप्ताहान्तको दौरान मैले मेरा...
८ साउन, जनकपुरधाम । श्राद्धको भोज खान भारत गएका छोरा मृत अवस्थामा भेटिएपछि धनुषाको शहीदनगर नगरपालिका–९ को एक परिवार शोकमा डुबेको छ । २७ असारको रातिदेखि बेपत्ता भएका २३ वर्षीय दीपेश रजकको परिवार शोकमा डुबेको हो । साथीसँगै भोज खान भारत गएका उनी एक्कासी सम्पर्कविहीन भएपछि चौतर्फी खोजतलास गरिएको थियो । खोजी गर्ने क्रममा दीपेशको […]