प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्दै डोनाल्ड लू

काठमाडौं : अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएका छन्। उनले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यतालिका छ। आज दिउँसो साढे ३ बजे प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता हुने कार्यसूची रहेको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। त्यसअघि परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ताको कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। लु गत मंसिरमा पनि नेपाल आएका थिए।

सम्बन्धित सामग्री

अमेरिकी सहायकमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगे

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका छन् । दक्षिण तथा मध्य एसियाली ममिलासम्बन्धी सहायक विदेशमन्त्री लू आज अपरान्ह काठमाडौं आइपुगेका हुन् । नेपालस्थित अमेरिकी दूतावासले लूको नेपाल भ्रमण नियमित भएको जनाएको छ । अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुक मार्फत भनेको छ, ‘यो पटकको भ्रमणका अवसरमा पनि उहाँले विभिन्न व्यवसायिक, नागरिक, तथा सरकारी नेतृत्वकर्ताहरूसँग […]

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौंमा

दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासले केही समयअघि मात्र उनी काठमाडौं आइपुगेको जनाएको हो । ‘यो पटकको भ्रमणका अवसरमा उहाँले विभिन्न व्यवसायिक, नागरिक, तथा सरकारी नेतृत्वकर्ताहरूसँग नेपाल–अमेरिकाबीचको ७५ वर्ष लामो मित्रताका विविध आयाम लगायत दुई देशको आर्थिक विकासप्रतिको प्रतिवद्धता, लोकतन्त्र तथा मानव अधिकार, लगायत विषयमा कुराकानी गर्नुहुनेछ,’ अ

नेपाल आए अमेरिकी सहायकमन्त्री डोनाल्ड लू (फोटोफिचर)

काठमाडौं, १२ साउन । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आएका छन् । उनी दुई दिने नेपाल भ्रमणका लागि नेपाल आएका हुन् । लू यसअघि पनि नेपाल आएका थिए । एमसीसी पारित गराउन उनले नै मुख्य भूमिका खेलेका थिए । अमेरिकी राजदूतावासले लू दक्षिण एशियाली मामिलाका सबैभन्दा उच्च तहका कूटनीतिज्ञका रुपमा यस क्षेत्रको भ्रमण गर्दै […]

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउँदै

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउँदै छन्। उनी दुई दिने भ्रमणका लागि आज नेपाल आउन लागेका हुन्।...

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउँदै

काठमाडौं, साउन १२ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल भ्रमणमा आउदैछन् । परराष्ट्र मन्त्रालयका अनुसार लू आज साँझ नेपाल आईपुग्नेछन् । नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेको केही सातापछि उनले एमसीसी सम्झौता अनुमोदन गराउन भूमिका खेलेका थिए । स्रोतका अनुसार उनी दुईदिने नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी यसअघि गत वर्षको […]

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउँदै

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल भ्रमणमा आउने भएका छन् । लु साँझ नेपाल आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने स्रोतको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै उनको भ्रमण हुन लागेको हो । यसअघि एमसीसी सम्झौता अनुमोदन हुनु अघि पनि लूले नेपाल भ्रमण गरेका थिए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालगायत राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्ने बताइएक

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आउँदै

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमण आउने भएका छन् । लु भोली साँझ नेपाल आउने परराष्ट्र मन्त्रालयले स्रोतले जानकारी दिएको छ । नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने स्रोतको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै उनको भ्रमण हुन लागेको हो । यसअघि एमसिसी सम्झौता अनुमोदन हुनु अघि पनि लूले नेपाल भ्रमण गरेका थिए । नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अस्वीकार गरेको केही समयपछि उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी नेपाल भ्रमणमा आउने

नेपालमा अमेरिकी अधिकारीको बाक्लो आवतजावत, डोनाल्ड लू फेरि आउँदै

काठमाडौं, ११ साउन । नेपालमा अमेरिकी अधिकारीहरुको आवतजावत बाक्लिएको छ । हरेक महिनाजसो कुनै न कुनै अमेरिकी अधिकारीहरु नेपाल आउने क्रम चलि नै रहेको छ । यसलाई धेरैले अमेरिकी प्रभाव बढेको रुपमा पनि लिएका छन् । नेपाल भ्रमणमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आउने भएका छन् । उनी बिहिबार र शुक्रबार नेपाल रहने बुझिएको छ […]

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू भोलि नेपाल आउँदै

काठमाडौं। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू भोलि नेपाल आउँदैछन्। काँग्रेसको भ्रातृ संस्थामा नेतृत्व चयनका लागि पुनः गृहकार्य सुरु भएको छ। मुगुमा कुलो बनाउँदा भ्रष्टाचार गरेको भन्दै ९ जना विरुद्ध मुद्दा दायर गरिएको छ। ओलम्पिक छात्रवृत्तिका लागि १० खेलाडी छनौट भएका छन्।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू भोलि नेपाल आउँदै

११ साउन, काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमण आउने भएका छन् । उनी बिहीबार साँझ नेपाल आउने परराष्ट्र मन्त्रालयले स्रोतले जानकारी दियो । नेपालले एसपीपीमा सहभागी नहुने निर्णय गरेपछि अमेरिकी उच्च अधिकारीको यो पहिलो भ्रमण हो । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमण रद्द भएपछि उनी नेपाल आउन लागेका हुन् । यसअघि उनी […]