भारतीय अनलाइन पोर्टल न्युजक्लिकसँग जोडिएका पत्रकारहरूको घरमा दिल्ली प्रहरीले छापा मारेको छ । पत्रकारका ल्यापटप, कम्प्युटर तथा मोबाइल नियन्त्रणमा लिइएको छ । न्युजक्लिकसँग सम्बन्धित कार्यालय र पत्रकारका घरसहित प्रहरीले कम्तीमा ३० स्थानमा मंगलबार बिहान छापा मारेको हो ।