भारतीय पत्रकारहरूको घरमा दिल्ली प्रहरीको छापा

भारतका केही पत्रकारहरूको दिल्लीस्थित निवासमा प्रहरीले छापा मारेको छ । आज बिहान न्यूज क्लिकसँग सम्बन्धित व्यक्ति र पत्रकारहरूको घरमा दिल्ली प्रहरीले छापा मारेको प्रेस क्लब अफ इन्डियाले जनाएको छ ।

सम्बन्धित सामग्री

दिल्लीमा न्युजक्लिकमा आबद्ध पत्रकारको घरमा दिल्ली प्रहरीको छापा

भारतीय अनलाइन पोर्टल न्युजक्लिकसँग जोडिएका पत्रकारहरूको घरमा दिल्ली प्रहरीले छापा मारेको छ । पत्रकारका ल्यापटप, कम्प्युटर तथा मोबाइल नियन्त्रणमा लिइएको छ । न्युजक्लिकसँग सम्बन्धित कार्यालय र पत्रकारका घरसहित प्रहरीले कम्तीमा ३० स्थानमा मंगलबार बिहान छापा मारेको हो ।