स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दीर्घरोगी तथा ६० वर्ष माथिको उमेर समूहका नागरिकलाई अतिरिक्त मात्राको खोप दिने निर्णय गरेको छ । मन्त्रालयका अनुसार भेरोसेल वा सिनोफर्मा खोप लगाएका नागरिकलाई लक्षित गरेर खोप दिन लागेको हो ।
कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई लक्षित गरेर थप मात्राको खोप दिन लागेको हो । पहिला जुन खोप लगाएको हो सोही प्रकृतिको खोप थप एक अतिरिक्त मात्रामा दिइने जनाएको छ । यो खोप बुस्टर डोज नभएर कमजोर रोग प्रतिरक्षा प्रणाल...