निजी क्षेत्रको आयोजनामा नेपालमै पहिलोपटक दुई दिने ‘नेपाल ग्रीन हाइड्रोजन समिट २०२२’ सम्पन्न भएको छ । अस्ट्रेलियाका व्यवसायी शेष घले अध्यक्ष रहेको मेलर्वन इन्टिच्यूट अफ टेक्नोलोजी (एमआईटी) फाउण्डेशनले ग्लोबल एनआरएनए ग्रुपसँगको साझेदारीमा ग्रीन हाइड्रोजन समिट आयोजना गरेको थियो । हाल विश्वका ठुला अर्थतन्त्र भएका अमेरिका, बेलायत, चीन र भारत लगायतका देशहरूले आफ्नो सम्पूर्ण ध्यान ग्रीन हाइड्रोजनमा लगाएका छन् । कार्बन शून्य गर्ने लक्ष्य भेट्टाउन ग्रीन हाइड्रोजनले सहयोग पुर्याउने भएपछि