संस्कारहरूको महत्त्व जन्मभन्दा अघिदेखि मृत्युपर्यन्त विभिन्न समयमा मनुष्यलाई परिष्कृत पार्न गरिने विशेष कर्महरूलाई वैदिक धर्ममा संस्कार भन्दछन् । संस्कारले प्राकृतिक रूपमा रहने विभिन्न दोषहरूलाई हटाई मनुष्यलाई परिष्कृत वा सुसंस्कृत पारी योग्य बनाउने काम गर्दछ । मनुष्य जन्मँदा प्रायः पशुसमान प्राणी हुने हुँदा उसमा मनुष्योचित गुण¬हरूको आधान गर्न र उसलाई आत्मज्ञान गर्ने उच्च भावभूमिमा पुर्याउनसमेत गर्भाधानको […]