पूर्वप्रधान सेनापति रुकमाङ्गद कटवालले हिन्दु धर्मको लागि अभियान थाल्ने भएका छन् । ‘हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान’ को नामबाट उनले हिन्दु धर्मको लागि अभियान सञ्चालन गर्न लागेका हुन् । अभियानको संयोजक रहेका उनको समूहमा केशवानन्द स्वामी, कल्याण कुमार तिमल्सिना, स्वामी चर्तुभुजाचार्य रहेका छन् ।
सो अभियानको बुधबार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गर्न लागिएको बताइएको छ । केशवानन्द स्वामी शंकराचार्य मठको मठाधीश हुन् भने तिमल्सिना पूर्वएआईजी हुन् । यस्तै चर्तुभुजाचार्य शान्तिधामका पीठाधीश हुन् ।
...