नाडा एसोसिएसन अफ नेपालले सरकारले ल्याएको चालु आर्थिक वर्षको प्रतिस्थापन विधेयक सकारात्मक रहेको बताएको छ । नाडाले प्रतिस्थापन विधेयकमार्फत सरकारले नेपालमा सवारीसाधन उत्पादन गर्ने एसेम्बल उद्योग स्थापनाका लागि अन्तःशुल्क महसुलमा ५० प्रतिशत छुट दिने स्पष्ट निर्णय गर्नु स्वागतयोग्य रहेको बताएको छ ।