काठमाडौँ– नेकपा एमालेले सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस आफ्नो प्रमुख प्रतिस्पर्धी राजनीतिक दल भएको विश्लेषण गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसलाई प्रमुख प्रतिस्पर्धी शक्ति भनिएको हो । प्रतिवेदनमा कांग्रेस पुँजिवादी दक्षिणपन्थी पार्टी भएकोसमेत विश्लेषण गरिएको छ । यस्तै माओवादी केन्द्रलाई एमालेले प्रचण्डको अस्थिर राजनीतिको समूह भनेको छ […]