विराटनगर : कोशी प्रदेशको मन्त्रिपरिषद विस्तार गर्न मुख्यमन्त्री केदार कार्की र एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीबीच छलफल भएको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमवार मुख्यमन्त्री कार्की र एमालेका प्रमुख सचेतक भण्डारीबीच मन्त्रिपरिषद विस्तारबारे छलफल भएको हो। माओवादी, जसपा र एकीकृत समाजवादी पार्टीमध्ये कुनै एकलाई सामेल गरेर मन्त्रिपरिषद विस्तार गर्नेबारे छलफल गरिएको एमालेका प्रदेश संसदीय दलका प्रमुख सचेतक भण्डारीले बताए। उनले सत्तारुढ गठबन्धन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ । वालकोटस्थित ओली निवासमा भएको भेटमा मन्त्रिपरिषद विस्तार, राष्ट्रपति तथा सभामुख लगायत राज्यका प्रमुख निकायका बाँडफाँडका बारेमा सल्लाह भएको बुझिएको छ । प्रधानमन्त्री निर्वाचित भएको एक महिना वितिसक्दा पनि मन्त्रिपरिषद विस्तार तथा अन्य निकायको बाँडफाँड अझै टुंगो लाग्न सकेको छैन […]
हेटौंडा : बागमती प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद विस्तार हुने भएको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिने तयारी गरेका छन्। त्यसपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने मुख्यमन्त्री जम्मकट्टेलले तयारी गरेका हुन्।गत पुस २५ गते जम्मकट्टेल प्रदेश संरचनाको दोस्रो कार्यकालको पहिलो र हालसम्मको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। प्रदेश सरकारमा हाल मुख्यमन्त्री जम्मकट्टेलसहित ३ सदस्यीय मन्त्रिपरिषद् छ। त्यसमा पनि एक जना मन्त्रीले
१६ कात्तिक, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पहिले विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद विस्तार गर्ने बताएका छन् । मंगलबार पद तथा गोपनीयताको शपथ लिएपछि पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री राईले पहिले विश्वासको मत लिएपछि मात्र मन्त्रालयको संख्या थप गर्ने र मन्त्रिपरिषद विस्तार गर्ने बताएका हुन् । ‘पहिले हामी विश्वासको मत लिने काम गर्छौं, […]
काठमाडौँ । बिहीबार (आज) मन्त्रिपरिषद विस्तार नहुने भएको छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरुले मन्त्रीको नाम करिब टुंगो लगाइसके पनि दलहरुबीच मन्त्रालय भागवण्डामै विवाद भएपछि मन्त्रिपरिषद विस्तार हुन नसकेको हो ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सकभर आजै मन्त्रिपरिषद विस्तार हुने बताएका छन् । माओवादी केन्द्र केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सकभर आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा गठबन्धन रहेको बताएका हुन् ।
काठमाडौँ– सर्वोच्च अदालतको परमादेशबाट दोस्रो पटक प्रतिनिधिसभा पुनर्स्थापित भएर गठबन्धन सरकार बन्यो, तर प्रधानमन्त्री शेरबहादुर देउवाले दुई महिना बित्दा पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । मन्त्रिपरिषद विस्तार हुन नसक्नुको मुख्य कारण राजनीतिक दलसम्बन्धी ऐन, २०७३ संशोधन गर्ने अध्यादेश नै हो । अध्यादेशमार्फत ऐन संशोधनबाट बनेका दुई दल नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी […]
काठमाडौँ– सत्ता गठबन्धनको एक घटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालको समूहले निर्वाचन आयोगमा दिएको निवेदनअनुसार दल दर्ता भएपछि मन्त्रिपरिषद विस्तार हुने बताएका छन् । त्यसो भए मन्त्रिपरिषद विस्तार कहिलेसम्ममा होला ? राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले गरेको व्यवस्थाअनुसार निवेदन दिएपछि दल दर्ता हुन बढीमा ४५ दिन लाग्न सक्छ । निर्वाचन […]
प्रधानमन्त्री नियुक्त भएको तीन साता बितिसक्दा पनि शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । आखिर किन हुन सकिरहेको छैन मन्त्रिपरिषद विस्तार ? ढिलासुस्तीको दोषी को हो ? काँग्रेस ? माओवादी ? जसपा ? माधव नेपाल ? वा अरु नै कोही ?सर्वोच्च अदालतको आदेशपछि गत असार २९ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका हुन् । शुरुकै दिन माओवादीबाट पम्फा भुसाल र जनार्दन शर्मा अनि काँग्रेसबाट बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाइएको थियो । पछि प्रधानमन्त्रीले गठबन्धन दलहरूसँग स
धनुषा। प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस र माओवादी केन्द्रलाई सहभागी गराएर मन्त्रिपरिषद विस्तार गर्दैछन्। मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले ६ वटा मन्त्रालय टुक्र्याएर १० वटा बनाउने निर्णय गरेको थियो। त्यसपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेको जसपा धनुषाका एक नेताले बताए। “सरकारमा कांग्रेस र माओवादीलाई ल्याउने तयारी भएको छ। आजै मन्त्रिपरिषद विस्तार हुनसक्छ।”