प्रचण्ड नेपाललाई ओलीको प्रश्न: राजनीति गर्नुहुन्छ की ज्योतिष शास्त्र पढनुहुन्छ?

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संविधानको सीमा ननाघेको दावी गरेका छन्। संविधानलाई मिचेर संसद विघटन गरेको ओलीलाई आरोप लागिरहेका बेला सिंहदरवारको पुनर्निर्मित भवनलाई उदघटान गर्दै ओलीले जनादेशमा जाँदा प्रतिगमन नहुने दावी गरे। 'जनताका बिचमा जनादेशका लागि जाँदा। हाम्रो प्रणालीले चुनाव त गराउँछ नै उहाँले केलाई प्रतिगमन भन्नुभएको हो?,' उनले…

सम्बन्धित सामग्री

प्रधानमन्त्री ओलीको प्रश्न : विदेशीका लागि ‘कम्फर्टेवल’ सरकार बनाउन किन दिने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काका लागि कम्फर्टेवल सरकार नभई नेपाल र नेपाली जनताका लागि कम्र्फटेबल सरकार चाहिएको बताउनुभएको छ । मंगलबार झापामा पुर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै उहाँले अरुका लागि होइन नेपालीका लागि कम्फर्टेवल सरकार चाहिएको र त्यो आफू नेतृत्वको सरकार भएको दाबी गर्नुभयो । केही दिनअघि नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले ‘आफू, नेपाली कांग्रेस र जसपा मिलेर सरकार बनाउँदा भारतका लागि कन्फर्टेवल हुने’ भनेर दिएको अभिव्यक्तिप्रति ओलीको आक्रोश थियो । प्रधानमन्त्री ओलीले आफुलाई प्रधानमन्त्री पदबाट हटाए दुई बर्षपछि दुईतिहाइ बहुमत सहित सिंहदरबार फर्कने उद्घोष पनि गर्नुभयो । उहाँले प्रधानमन्त्रीबाट कसैले हटाईहाले पनि अर्को चुनावमा दुईतिहाई मत ल्याउने दाबी गर्नुभएको हो । तर उहाँले आफुलाइृ हटाउन सजिलो नभएको भन्दै हटाएर देखाउन चुनौति पनि दिनुभयो । आफुले कुनै पदका लागि मुद्दा नलडेको भन्दै प्रचण्डमाधव समुहलाई व्यंग्य पनि गर्नुभयो । आफु राजनीति गर्ने व्यक्ति भएकाले न्याय माग्न जनता माझ जाने र जनताले न्याय दिने विश्वास उहाँले व्यक्त गर्नुभयो । उहाँले प्रतिनिधिसभा विघटनलाई खारेज गर्ने सर्वोच्च अदालतको फैसलाको फागुन २३ गते पछि प्रतिनिधिसभाको बैठकमा परीक्षण हुने बताउनुभयो ।