बाढी पहिरोमा परी डोटीमा थप दुईजनाको मृत्यु

काठमाडौं : बाढी पहिरोमा परी डोटीमा थप दुईजनाको मृत्यु भएको छ। सायल गाउँपालिका–५ गुरेनाडमरीका ५५ वर्षीय हिरूवा विकको मृत्यु भएको छ। उनको मंगलबार बेलुकी पहिरोमा पुरिएर मृत्यु भएको हो।स्थानीय रेखा शर्माले दिएको जानकारी अनुसार हिरुवाका छोरा रमेश र भतिजा भीम घाइते भएका छन्। तीमध्ये रमेशको अवस्था गम्भीर छ।त्यस्तै‚ मंगलबार नै छत्रेश्वर खोलाले बगाएर बेपता भएका सायल–१ का ७४ वर्षीय वीरे रोके मृत फेला परेका छन्। उनी घरदेखि १०० मिटर तल फेला परेका थिए। योसँगै डोटीमा बाढी पहिरोमा फरी मृ

सम्बन्धित सामग्री

बाढी र पहिरोमा परी दुईजनाको मृत्यु

बागमती– मकवानपुरमा अविरल वर्षापछि बाढी पहिरोमा परेर दुईजनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर  तथा  बाढीले बगाउँदा उनीहरूको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालयका अनुसार राक्सिराङ गाउँपालिका–६ मागेनीका  ४७  वर्षीय तोकबहादुर चेपाङको पहिरोमा पुरिएर मृत्यु भएको हो ।  यस्तै कैलाश गाउँपालिका–३ कालीखोलाले बगाउँदा स्थानीय ६५ वर्षीय दलबहादुर चेपाङको मृत्यु भएको छ । खोला तर्ने […]

मकवानपुरमा अविरल वर्षापछि बाढी पहिरोमा परेर दुईजनाको मृत्यु

मकवानपुर । मकवानपुरमा अविरल वर्षापछि बाढी पहिरोमा परेर दुईजनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर तथा बाढीले बगाउँदा उनीहरुको मृत्यु भएको हो ।