काठमाडौं : नेपाल सरकार र बेलायत सरकारबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सोमबार मन्त्रालयमा एक कार्यक्रमबीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी दिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो।सम्झौता पत्रमा नेपालको तर्फबाट श्रम सचिव एकनारायण अर्याल र बेलायतकाे तर्फबाट नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले हस्ताक्षर गरेका थिए। बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा श्रम, रोजगार तथा सामाजिक स