काठमाडौं । बेलायतमा नेपाली कामदार पठाउने बाटो खुलेको छ । मंगलबार बसेको मन्त्रिपषिद्को बैठकले नेपाल सरकार र बेलायत सरकारबीचको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना (इम्पिमेन्टसन प्रोटोकल) स्वीकृत गरेसँगै बेलायतमा नेपाली कामदार पठाउने बाटो खुलेको हो । श्रम तथा रोजगार मन्त्रालयले गरेको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकार गरेसँगै अब नेपाली कामदार बेलायत जानेछन् । गत वर्ष भदौ […]