काठमाडौं, पुष ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले ओमिक्रोन भेरियन्ट नियन्त्रणका लागि सरकार पूर्व तयारीमा बसेको बताउनुभएको छ । विश्वका एक सय भन्दा बढी देशमा फैलिएको ओमिक्रोनको लहर रोक्नका लागि सरकार तयारी अवस्थामा रहेको उहाँको भनाई छ । मन्त्रालयले बुधबार गरेको प्रेस ब्रिफिङ्मा मन्त्री खतिवडाले सम्भावित जोखिम नियन्त्रणका लागि आवश्यक तयारी भइरहेको बताउनुभयो […]