काठमाडौँ– काठमाडौँ महानगरपालिका–२९ भृकुटीमण्डपस्थित समाजकल्याण परिषद्को गोदाम घर र राष्ट्रिय अपाङ्ग कोषको कृत्रिम मानव अङ्ग राखिएको गोदाम घरमा आज भएको आगलागी पाँच घण्टामा नियन्त्रणमा आएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अपराह्न २ः३० बजेको समयमा लागेको आगो साँझ ७ः१५ बजे पूर्ण नियन्त्रणमा लिइएको हो । आगलागी नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाबाट (जुद्ध बारुणयन्त्र) को एक, […]