कालीगण्डकी कोरिडोर पहिरोका कारण अवरुद्ध भएको छ । अविरल वर्षाका कारण कोरिडोरको हर्मिचौर पुर्तिघाट सडक खण्डका विभिन्न स्थानहरूमा पहिरो खसेर सडक अवरुद्ध भएको कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष मञ्जु दर्लामीले जानकारी दिनुभयो ।
ढोरपाटन । दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्ने सडक । त्यही सडकको छेउमा देखिन्छ फोहरको डङ्गुर । दैनिक बागलुङ बजारबाट ल्याइने फोहर कालीगण्डकी कोरिडोर छेउमा फाल्न थालिएको वर्षौँ भयो । यहाँ राखिएको फोहरले माल ढुङ्गाका स्थानीयदेखि कोरिडोरमा यात्रा गर्ने यात्रुलाई समेत समस्यामा परेको छ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर छेउमै रहेको बागलुङ बजारको ‘डम्पिङसाइड’ले आगन्तुकलाई […]
बागलुङ । कालीगण्डकी कोरिडोरको मालढुंगा–बलेवा विमानस्थल १० किलोमिटर सडकखण्डको मर्मत शुरू गरिएको छ । नेपाली सेनाले ट्र्याक खोलेर कालीगण्डकी कोरिडोर आयोजनालाई हस्तान्तरण गरेपछि भत्किएका संरचना मर्मतको काम थालिएको हो । चैतको दोस्रो सातादेखि शुरू भएको काम धमाधम चलिरहेको छ । सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङले कोरिडोर मर्मतको काम थालेको हो । मालढुंगादेखि बलेवा विमानस्थलसम्म पहिरोका कारण भत्किएका संरचना पुनर्निर्माण हुनेछन् । कोरिडोरमा खसेको पहिरो पन्छाउने काम शुरू गरिएको इन्जिनीयर सुरेन्द्र गौतमले बताए ।
दुई वर्षअघि नेपाली सेनाले ट्र्याक खोलेर सडक विभाग अन्तर्गत आयोजनालाई हस्तान्तरण गरेपछि भत्किएका संरचना पुनर्निर्माण हुन सकेका थिएनन् । १० किलोमिटर खण्डमा आएको पहिरो पन्छाउने, तारजाली लगाउने र भत्किएका ठाउँमा मेशिनरी पर्खाल बनाउँदा वर्षाको समयमा समेत सडक सञ्चालनमा सहज हुनेछ । ‘ट्र्याक खुला भएका सडक बाह्रै महीना चलून् भन्ने हो,’ इन्जिनीयर गौतमले भने, ‘अवरोध हटाउनकै लागि मर्मतको काम थालिएको हो ।’ विभागले ५ करोडको लागतमा दश किलोमिटर खण्ड मर्मतका लागि अख्तियारी पठाएको थियो । सोही अनुसार ठेक्का प्रक्रिया पूरा गरेर काम शुरू गरिएको गौतमले बताए ।
लामा÷आईएस÷एसी जेभीले कोरिडोर मर्मतको जिम्मेवारी लिएको छ । २ करोड ६५ लाखमा जिम्मेवारी पाएको कम्पनीले आगामी असार २५ गतेभित्र अनुमान अनुसारका संरचना बनाउनेछ । १३ हजार १३५ घनमिटर पहिरो पन्छाइने, ३७ घनमिटर तारजाली लगाउने र १ हजार ६२२ मिटर मेशिनरी वाल बनाउने अनुमान छ । योजनाअन्तर्गत आवश्यक ठाउँमा रिटेनिङ वाल, कंक्रिट वाल र सडकमा रहेका ढुंगामाटो पन्छाउने काम रहेको इन्जिनीयर गौतमले बताए । मर्मतको काम गरिरहेको कम्पनीले समयमै काम सकिने दाबी गरेको छ । राष्ट्रिय गौरवको आयोजना भए पनि ट्र्याक खुलेर हस्तान्तरण भएपछि मर्मत हुन सकेको थिएन । रासस