काठमाडौं : अबदेखि सबै गर्भवती महिलालाई कोरोनाविरुद्धको खोप दिइने भएको छ। यसअघि उच्च जोखिममा रहेका गर्भवती महिलालाई मात्रै कोरोनाविरुद्धको खोप दिइरहेको सरकारले अब सबै गर्भवती महिलालाई उक्त खोप दिने भएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्भवती भएको ३ महिनापछि उक्त खोप लगाउन सकिने जनाएको छ। खोप लगाउन सम्बन्धित स्वास्थ्य कार्यालय, आफू बसोवास गरिरहेको स्थानीय तह वा वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ। चैत मसान्तसम्म खोप लगाउन मिल्ने सबैलाई खोप लगाउने लक्ष्य सरकारको छ।यस्तै