बुटवल : लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आजबाट सुरु हुँदैछ। अधिवेशनको पहिलो दिन मुख्यमन्त्रीविरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव बैठकमा पेश हुनेछ। प्रदेशसभा बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा मुख्यमन्त्रीमा प्रस्तावित कुलप्रसाद केसीले अविश्वासको प्रस्ताव टेबुल गर्ने कार्यसूची रहेको छ। त्यसपछि प्रस्तावमा विभिन्न दलका सांसदहरुले आफ्नो धारणा…